आजको मौसम : उच्च हिमाली भू-भागमा हिमपातकाे सम्भावना
काठमाडौं। आज देशका पहाडी क्षेत्रमा आंशिक बदली भएर बाँकी भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बिहीबार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू*भागमा आंशिक बदली भए पनि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
‘कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ’, महाशाखाको बुलेटिनमा भनिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment