देवदहमा बस पल्टियो, २० घाइते मध्ये दुईजनाको अवस्था गम्भीर

डिसी नेपाल
१ मंसिर २०८० १०:०४
112
Shares

बुटवल। रुपन्देहीको देवदहमा बस दुर्घटना भएको छ। गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदहमा बस दुर्घटनामा परी २० जना घाइते भएका छन्।

सो बस दुर्घटनामा घाइते भएकाहरूलाइ देवदह मेडिकल कलेजमा उपचार गराइराखिएको छ। प्रहरीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टले दिएको जानकारी अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको बा प्र ०३-००१ नम्बरको बस गए राति पौने १२ बजे देवदह नगरपालिका-८ भलुहीमा पल्टिएको थियो ।

मध्यरातमा अचानक बस पल्टिएर भएको दुर्घटनामा परी सो वसमा सवार रहेका २० यात्रु घाइते भएका हुन्। प्रहरीका अनुसार सो बसमा ३८ जना सवार थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *