युवा संघको अमानवीय हर्कत : सुतेका महिलाहरुलाई मध्यरातमा ओछ्यानबाट लखेट्दै
काठमाडौं। पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक अर्काका विरुद्धमा उत्रिएका छन् ।
दुर्गा प्रसाईं विरोधी आन्दोलनको नेतृत्व एमाले नेता महेश बस्नेतले गरिरहेका छन्। बिहीबार प्रसाईंले राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ भन्दै सुरु गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनको विरुद्ध एमाले सडकमा प्रतिवाद गर्ने सार्वजनिक उद्घोष गरेको छ।
यसैबीच एमालेको युवासंघले दुर्गा प्रसाईंको बिहीबारको आन्दोलनमा सहभागी हुन आएका महिलामाथि अमानवीय व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।
उक्त सार्वजनिक भिडियोमा एक होटेलमा राति सुतिरहेका महिलाहरुलाई एमाले कार्यकर्ताहरुले त्यहाँबाट अन्यत्र जान उर्दी जारी गरेका छन् । उनीहरुले ‘दुर्गा प्रसाईंको कार्यक्रममा आएको हो यहाबाट गैहाल्नुस्’ भन्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सो भिडियो लोकन्थलीस्थित इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरु रहेको र उनीहरुलाई लखेट्ने एमालेका युवा संघका नेता विनोद राई भएको बताइएको छ।
मध्यरातमा होटेलमा सुतिरहेका महिलाहरुको स्थानमा पुगेर बाहिर निकाल्ने युवा संघको अमानवीय हर्कतको सर्वत्र निन्दा भइरहेको छ । युवा संघका ईन्चार्ज रहेका एमाले नेता बस्नेतले उक्त भिडियो आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
अहिले चौतर्फी आलोचना भएपछि उनले सामाजिक सञ्जालबाट हटाएका छन्। आफ्नै दल सम्बद्ध युवाहरुको अमानवीय हर्कतलाई प्रोत्साहित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका बस्नेतको अराजक कार्यको पनि सर्वत्र आलोचना भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment