एक किशोरीमाथि सामूहिक करणी आरोपमा डोटीमा तीन जना पक्राउ

डिसी नेपाल
६ मंसिर २०८० २०:१५

डोटी । डोटीमा एक किशोरीमाथि सामूहिक करणी भएको छ।

बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेको डोटी प्रहरीले बताएको छ।

उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीय किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *