काठमाडौंमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का

डिसी नेपाल
७ मंसिर २०८० ६:२६
1.2k
Shares

काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राति अर्थात विहीबार विहान करिव १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्प ४ दशमलव ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको केन्द्रविन्दु मकवानपुरको चित्लाङ भएको पनि केन्द्रले जानकारी दिएको छ।

मध्यरातमा गएको भूकम्पले मानिसहरु होहल्ला गर्दै घर बाहिर निस्केका छन्। भूकम्पको बारेमा थप विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *