धनकुटामा झुन्डिएको अवस्थामा तीन जना मृत फेला

डिसी नेपाल
७ मंसिर २०८० १२:१८
900
Shares

धनकुटा। धनकुटामा एकैघरका तीन ब्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् ।

धनकुटा नगरपालिका–१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका हुन। प्रहरीका अनुसार तीनैजना झुन्डिएको अवस्थामा फेला परे पछि घटना थप रहस्यमय भएको छ।

यसरी झुन्डिएको अवस्थामा मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेका छन । सो घटनामा ६ वर्षकी छोरी आशिका भने सकुशल रहेकी छिन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको हुन सक्ने कोणबाट अनुसन्धान गरिएको छ ।

घटनास्थलमा अहिले प्रहरीले पुगेको र सो घटनाको मुचुल्का उठाउने काम भइरहेको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *