प्रहरीले तीनकुने र बल्खुमा संचार सेवा रोकिदियो

डिसी नेपाल
७ मंसिर २०८० १३:४०

काठमाडौं । प्रहरीले तीनकुने र बल्खु क्षेत्रमा सार्वजनिक संचार सेवा रोकिदिएको छ । तीनकुनेमा एमालेको भातृ संगठन युवा संघ र बल्खुमा व्यवसायी दुर्गा प्रसाइको आह्वानमा व्यवस्था परिवर्तनका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् ।

यी दुवै ठाउँमा प्रहरीले नेटवर्क जामर उपकरण चलाएर मोलाइल नेटवर्क अवरुद्ध गरेको हो । सवारीमा जडान गरिएको यो उपकरणले आफ्नो आसपासका निश्चित क्षेत्रमा मोवाइल नेटवर्क अवरुद्ध गर्छ ।

प्रहरीले नेटवर्क अवरुद्ध गरेपछि यहाँ भएका मानिसहरुका मोवाइल फोनमा नेटवर्क अवरुद्ध भएको छ । यसले प्रदर्शनकारीका मात्रै नभइ यी क्षेत्रमा रहेका सबैको मोवाइल नेटवर्क बन्द भएकोले अन्य धेरै सेवाहरु प्रभावित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *