कञ्चनपुरमा कुर्सीबाट लडेर घाइते भएका शिक्षकको मृत्यु

डिसी नेपाल
७ मंसिर २०८० २१:१०
64
Shares

कञ्चनपुर । कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ।

बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको आज (बिहिबार) मृत्यु भएको हो। विद्यालयमा पढाउने बेला उनी कुर्सीबाट लडेर गम्भीर घाइते भएका थिए।

४ दिनदेखि अचेत अवस्थामा रहेका उनको नवजिवन अस्पताल धनगढीमा उपचार भइरहेको थियो। ४ गते स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेको थियो। आज विहान ६ बजेतिर उनको मृत्यु भएको हो। मृतक शिक्षक चिमाडीका दुई छोरी र एक छोरा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *