तीनकुने क्षेत्रमा प्रहरीको ज्यादती- ढाका टोपी र दौरा सुरुवाल लगाएका सर्वसाधारणलाई बलजफ्ती पक्राउ

डिसी नेपाल
८ मंसिर २०८० १५:१७
500
Shares

काठमाडौं। नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईंको आज पूर्वनिर्धारित कार्यक्रम तीन कुनेमा रोक लगाएर प्रहरीले सर्वसाधारणलाई सास्ती दिइरहेको छ । प्रहरीले सो क्षेत्रमा हिडिँरहेका सर्वसाधारणलाई विभेदकारी नीति अख्तियार गरेको छ ।

प्रहरीले तीनकुने आसपासका क्षेत्रमा हिडिरहेका ढाका टोपी र दौरा सुरुवाल लगाएका सर्वसाधारण नागरिकलाई जर्बजस्ती केरकार गर्दै पक्राउ गरिरहेको दृष्य सार्वजनिक भएको छ । आफ्नो व्यक्तिगत काम र औषधि लिन हिँडेका लाई समेत केरकार गर्ने गरेको पाइएको छ ।

प्रहरीले उक्त क्षेत्रमा आफ्नो काममा हिँडेका नियमित औषधि सेवन गर्ने बृद्धवृद्धालाई समेत बलजफ्ती गिरफ्तार गरिरहेको भन्दै सामाजिक सञ्जालमार्फत सर्वसाधारणले आपत्ति प्रकट गरिहरहेका छन् ।

प्रहरी ज्यादतीको सर्वत्र आलोचना भइरहँदा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले यस विषयमा छानबिन गर्ने बताए। उनले सामूहिक रुपमा हिँडेकालाई बाहेक अन्यलाई पक्राउ गर्न निर्देशन नदिएको स्पष्ट पारे।

उनले डिसी नेपालसँग भने, ‘प्रहरीले निषेधित क्षेत्रमा सामूहिक रुपमा हिँडेकालाई बाहेक अन्यलाई जबर्जस्ती गिरफ्तार गर्न निर्देशन दिएको छैन । सर्वसाधारणलाई बलपूर्वक त्यसो गरिएको गुनासो आएको छ । छानबिन गर्दैछौं।’

उनले यस घटनाका बारेमा ध्यानाकर्षण भएको जनाए । यस बारेमा तत्कालै बुझेर त्यसो नगर्न सम्बन्धित क्षेत्रमा निर्देशन दिने प्रतिबद्धता उनले व्यक्त गरे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *