कुख्यात अपराधी ठहरिएका शेख मुनिर पक्राउ

डिसी नेपाल
१० मंसिर २०८० २१:५७
396
Shares

धनगढी। कैलाली प्रहरीले कुख्यात अपराधी ठहरिएका धनगढीका शेख मुनिर अहमदलाई पक्राउ गरेको छ।

आज मुनिरलाई कैलाली प्रहरीले पक्राउ गरेको बताइएको छ। लामो समयदेखि फरार रहेका मुनिर जिल्ला प्रशासन कार्यालयमा अचानक फेला परेपछि पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्रबहादुर पालले एक जनाको गाडी कब्जा गरेको आरोपमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए।

आज उनलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। उनी आज एक पुरानो मुद्दाको छलफलका लागि प्रशासन कार्यालयमा आएकै बेला पक्राउ परेका हुन्।

जिप्रका कैलालीमा उनीविरुद्ध दर्जनौं मुद्दा दर्ता भएका छन्। कब्जा, ठगी, मिटरब्याज, जग्गा हडपेको, चेक अनादर, अभद्र व्यवहारलगायतका मुद्दा उनीविरुद्ध रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *