बबरमहलमा अत्याधुनिक ट्राफिक लाइट सञ्चालनमा, आफैंले बटन थिचेर बाटो काट्न मिल्ने

डिसी नेपाल
११ मंसिर २०८० १२:५६
100
Shares

काठमाडाैं। काठमाडौंको बबरमहलमा अत्याधुनिक ट्राफिक लाइट सञ्चालनमा भएको छ। सडक पार गर्ने पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको शुभारम्भ गरिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेलले बटन थिचेर सडक पार गर्नका लागि राखिएको ट्राफिक लाइट अत्याधुनिक भएको जानकारी दिए।

उनले पैदलयात्रीले सडक पार गर्नका लागि बटन थिचको केहिबेरपछि रातो बति बलेर सवारी रोकिने र सडक पार गरेपछि आफैं हरियो बत्ति बल्ने बताए।

त्यस्तै काठमाडौं महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले पैदल यात्रुलाई बाटो काट्न सहज होस भनेर बिभिन्न निकायको सहकार्यमा पेलिकन क्रसिङ राखिएको जानकारी दिए। यसबाट सडक दुर्घटना कम हुने विश्वास महानगरको रहेको उनले बताए।

करिव १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि राखिएको हो। यस्तै उपत्यका बिभिन्न स्थानमा पेलिकन क्रसिङ राख्ने तयारी भइरहेको महानगरले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *