बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ

डिसी नेपाल
११ मंसिर २०८० २१:०६
48
Shares

बझाङ । गाँजा बनाउने उद्योगबाट प्रहरीले ठूलो परिमाणमा कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

खप्तड छान्ना गाउँपालिका ७ गोर्खालीबाट गाँजा, गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थ र गाँजा बनाउन प्रयोग हुने भाँडाकुँडासहित तीन जनालाई पक्राउ गरिएको छ। गोर्खाली गाउँका स्थानीय खडकबहादुर खड्काको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा तयारी गाँजा १४ किलो २१० ग्राम, गाँजाको दाना र पातसहितको कच्चा पदार्थ ७७ किलो ३०५ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले ६४ वर्षीय घरबेटी खड्कासहित गाँजा बनाउने काममा संलग्न गोरखा अजिरकोट गाउँपालिका–२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटौली गाउँपालिका–३ का ५५ वर्षीय राम गुरुङलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका बाटा ५ वटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुनटेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिक समेत बरामद भएको प्रहरीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *