गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसाईंका समर्थकहरु पक्राउ

डिसी नेपाल
१२ मंसिर २०८० १४:५३

काठमाडौं। गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसार्ईको अभियानका केहि समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रसार्ईको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै मंगलबार काठमाडौंको गौशाला क्षेत्रमा प्रदर्शन गर्न पुगेका केहिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि अभियानले सोमबार सो क्षेत्रमा प्रदर्शन गर्दा तनाव उत्पन्न भएको थियो भने प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

मंगलबार भने गौशाला क्षेत्रमा प्रदर्शनलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यसैबीच प्रदर्शनका लागि गौशाला जान लागेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्काइदिएको बताइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *