प्रसाईं नेतृत्वको आन्दोलनमा पक्राउ परेका आचार्य श्रीनिवाससहित आठजनाविरुद्ध मुद्दा चलाउने तयारी

डिसी नेपाल
१२ मंसिर २०८० २१:२३

काठमाडौं। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा उत्तेजक भाषण दिएपछि पक्राउ परेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवाससहित आठजनाविरुद्ध प्रहरीले सार्वजनिक शान्ति सुरक्षा खलल पारेको कसुर र अभद्र व्यवहारमा अनुसन्धानमा राखेको छ। अभद्रमा मुद्दा चलाउने उदेश्यसहित प्रहरीले उनीहरुलाई अनुसन्धानको म्याद लिएको हो।

आचार्य श्रीनिवाससहित सुनसरीका सुजन खड्का, खोटाङका मोहरमान बस्नेत, सुनसरीका दिपेश खड्का र गोर्खाका अनिल गुरुङविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाउन म्याद लिएको प्रहरीले जनाएको छ।

आचार्य श्रीनिवासलाई तीनदिन र बाँकी चारजनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने छ। यसैगरी लम्जुङका मनोज थापा, काठमाडौंका विनन्जय थापा र सुनसरीका निकेश बास्तोलाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने भएको छ। उनीहरूमाथि छानबिन गर्न प्रहरीले अदालतबाट तीन दिनको म्याद पाएको छ ।

उनीहरूमध्ये आचार्य श्रीनिवासलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ। अन्यलाई प्रहरी वृत्त गौशाला राखिएको काठमाडौ परिसरले जनाएको छ। आचार्य श्रीनिवासले गौशलामा सरकार र प्रहरी प्रशासनविरुद्ध उग्र भाषण गर्दै शान्ति भड्काउन खोजेको प्रहरीले आरोप लगाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *