रुसी सेनामा भर्ती भएका ३ नेपालीको मृत्यु
काठमाडौं। रुसी सेनामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ।
मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, दोलखाको मेलुङ-६ का राजकुमार रोक्का र इलाम-५ का गंगाराज मोक्तान रहेका छन्।
दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार उनीहरूको गत १५ नोभेम्बर (२९ कात्तिक) गते मृत्यु भएको हो। रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो।
उनीहरूको गत २९ कात्तिक भाइटीकाका दिन एकैसाथ मृत्यु भए पनि परिवारले दुई सातापछि मात्रै खबर पाएका हुन्।
रुस-युक्रेन युद्धमा रुसका पक्षबाट लड्न २ सय नेपाली कार्यरत रहेको अनुमान गरिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment