बझाङमा लागूऔषधसहित दुई जना पक्राउ

डिसी नेपाल
१३ मंसिर २०८० १८:५४

बझाङ । बझाङमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको दुर्गाथली गाउँपालिका–४ आमरुखबाट ६ केजी ६० ग्राम लागूऔषधसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा केदारस्युँ गाउँपालिका–९ का २९ वर्षीय प्रेमबहादुर बोहरा र सोही पालिका–८ का २८ वर्षीय सुनिल बोहरा रहेका छन्।

ईलाका प्रहरी कार्यालय दुर्घाथलीबाट खटिएको प्रहरीले सुदुपश्चिम प्रदेश ०१००९ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्दा लागूऔषध फेला परेको थियो। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *