कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान (फोटोफिचर)

डिसी नेपाल
१३ मंसिर २०८० २१:५२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेका छन् । बुधबार राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेको हो ।

दुबईमा ३० नोभेम्बरदेखि डिसेम्बर १२ (१४ देखि २६ मंसिर) सम्म हुने सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई विदाइ गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, मन्त्रीलगायतका सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

कोप–२८ मा नेपालको सहभागितासँगै अतिकम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दैछ । नेपाली प्रतिनिधिमण्डलको टोलीमा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोलगायत सरकारका अन्य उच्चाधिकारी सहभागी छन् ।

तस्वीरः प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *