अध्ययनका लागि क्यानडा जान लागेका बिद्यार्थीलाई गोरेटो कन्सल्टेन्सीले दियो परामर्श

डिसी नेपाल
१४ मंसिर २०८० १६:२४

काठमाडौँ । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । यही मेसोमा राजधानीको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सीले क्यानडा उड्न ठिक्क परेका बिद्यार्थीहरुको आत्मविश्वास बढाउन र भिसा लागिसकेका बिद्यार्थीर्थीको सहजीकरणका लागि सहयोगी भूमिका खेलेको छ।

गोरेटोले करिब ४ सय बढी भिसा लागिसकेका बिद्यार्थीहरुका लागि एक भव्य कार्यक्रमको आयोजना नै गरेर प्रिडिपार्चर शिर्षकमा नै कार्यक्रम गरेर क्यानडा जानु अघिको तयारी र गइसकेपछि कसरी त्यहाँको नयाँ वातावरणमा कसरी घुलमिल हुने भन्ने लगायतका विषयमा आफ्ना अनुभवी काउन्सलर र क्यानडाबाट नै आएका बिज्ञहरुले सजिलो तरिका सिकाएका थिए।

सो अवसरमा बोल्दै गोरेटोका प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानाडामा अध्ययन गर्न जाने विद्यार्थीहरूले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरू र सामना गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराएका थिए।

गोरेटोका सिइओ समेत रहेका कँडेलले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समयसँगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरूको बारेमा जानकारी दिए ।

सो अवसरमा अर्का परामर्शदाता सतिश भट्टले भोलीका दिनमा के के गर्ने ? कसरी अगाडी बढ्ने जस्ता समस्याको निधानका विषयमा प्रस्ट्याएका थिए।

कार्यक्रममा राम खड्काले ओर्क परमिट पाउने तरिकाका विषयमा प्रस्ट्याएका थिए। क्यानडामा काम नै गरेर देखाउनु पर्ने भएकाले अध्ययनको शिलशिलामा आँफुले राम्रो काम पाउन र छिटो प्रगती गर्नका लागि टिम ओर्क गर्न खड्काले सुझाव दिए ।

त्यस्तै गोरेटोका अर्का परामर्शदाता प्रकाश रेग्मीले क्यानडा पुगेपछि त्यहाँको संघर्षलाई सहज बनाउने उपायहरुमा ध्यान दिएर लाग्न बिदार्थीहरुलाई आग्रह गरे । सो अवसरमा क्यानडाका विभिन्न कलेजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *