पूर्वगृहमन्त्री खाणको सवालमा दुई न्यायाधीशबीच राय बाझियो, अब अर्को इजलासले फैसला गर्ने
काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाणको बिषयमा राय बाझिएको छ ।
उच्च अदालत, पाटनलले आज फैसला सुनाउँदै पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाणको सवालमा भने न्यायाधीशहरूका बीचमा राय बाझिएको छ।
जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिए भने अर्का न्यायाधीश जनकराज पाण्डेले धरौटीमा छाड्नु पर्ने राय दिएपछि तेस्रो न्यायाधीशलाई फैसला गर्न आदेश दिइएको छ। अदालतको आदेश अनुसार अब खाणले जेलबाहिर बसेर नै मुद्दा लड्न पाउने बाटो अझै खुलेको छैन।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलगायतलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलिपल्ट अदालतले फैसाला सुनाएको हो।
अदालतमा जवाफी बहसमा खाणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका थिए। तर, न्यायधिस बिचमा राय बाझिदाँ तत्कालका लागि उनी थुनामुक्त हुन सकेनन्।
जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्दामा फैसला आएको हो ।







डिसी नेपाल







Facebook Comment