माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

डिसी नेपाल
१५ मंसिर २०८० १९:१८

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन । धादिङ त्रिपुरा सुन्दरी गापा–१ घर भई हाल काठमाडौं बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन ।

प्रहरीका अनुसार कुलमान कुमालसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनि प्रतिव्यक्ति ९ लाख माग गरेकी थिइन । उक्त रकम दिएमा माल्टाको प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक १ लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर रकम लिएर फरार रहेकी उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

‘पीडितहरुबाट पटकपटक गरी जम्मा ६ लाख ८ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको र आज बिहान पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बाफलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *