झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

डिसी नेपाल
१७ मंसिर २०८० १२:३५

काठमाडाैं। झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको ठाउँ बाह्रदशीमा मंसिर १८ गते सोमवारदेखि २६ गते सम्म “श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पुर्वान्चल धार्मिक महामहोत्सव” हुँदैछ।

उक्त महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम तय भएको छ। बाह्रदशी-६ कन्चनगढधाम, साधुकुटीमा सुप्रसिद्ध कथावाचक श्री ईश्वर कृष्ण महाराज ज्युको मुखारविन्द बाट वाचन हुने अनुष्ठानका सरिक हुन झापा पुग्नेको संख्या बढ्न थालेको पाईएको छ।

बाह्रदशी श्रीमद्भागवतको आठौं स्कन्धमा समेत समाबिष्ट ठाउँ भएकाले यसको विशिष्ठ महत्व छ। सामरिक महत्वका दृष्टिले समेत महत्व भएका कारण हुनसक्छ कुनै समय यहाँ प्रशासनिक कार्यालयहरु समेत थिए।

भूगोलका हिसाबले पनि अत्यन्त उपयुक्त थलो भएकाले हुनसक्छ बाह्रदशीमा आठ दशकअघि नै बसोबास थियो । पौराणिक तथ्यले समेत स्थापित सो क्षेत्रको महत्व देशदेशावर फैलाउन अनुष्ठान कोशेढुङ्गा सावित हुने धार्मिक क्षेत्रका अगुवाले ठहर गरेक छन्।

संस्कृति मन्त्री सुदन किराती समेतले महायज्ञ सफलताको शुभकामना दिदै सन्देश पठाएको महायज्ञको सुचना प्रविधिको जिम्मेवारी सम्हालेका सुशील अधिकारीले बताए।

महायज्ञ मूल समारोह समितीका संयोजक ज्ञानु सुबेदीका अनुसार गुरुकुल बचाउन आयोजित महायज्ञको तयारी पूरा भएको छ। महायज्ञ सगै तीन दिन धार्मिक मेला समेत संचालन गरिने सुबेदीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *