दुर्गा प्रसाईंका स्वकीय सचिव थापालाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकय सचिव विनञ्जय थापालाई स-शरीर अदालतमाउपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
थापाका तर्फबाट सरला विष्टसमेतले दायर गरेको बन्दी प्रत्यक्षिकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नामक आन्दोलनका क्रममा थापा दगत सोमबार काठमाडौंको सिनामंगलबाट पक्राउ परेका थिए।
उनलाई गैरकानूनीरुपमा थुनामा राखेको भन्दै विष्टले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन् । उनले रिटमा प्रसाईंलाई तत्काल थुनामुक्त गराउने माग गरेकी छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment