जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा हेल्प नेपाल नेटवर्क निरन्तर राहत वितरणमा

डिसी नेपाल
१८ मंसिर २०८० ११:५८

काठमाडौं। जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावित स्थानीयलाई सामाजिक संस्था हेल्प नेपालले विभिन्न चरणमा राहत उपलब्ध गराउँदै आएको छ।

हेल्प नेपालका उपाध्यक्ष रवि मानन्धरका अनुसार जाजरकोट र रुकुम पश्चिममा बाक्लो कम्बल र त्रिपाल वितरण गरिएको हो। हेल्प नेपाल नेटवर्कका राष्ट्रिय स्वयं सेवक भरतप्रसाद कोइराला नेतृत्वको टोलीले भूकम्प प्रभावित क्षेत्रमा पुगेर भूकम्प पीडितलाई बाक्लो कम्बल र त्रिपाल वितरण गरेका थियो।

हेल्प नेपाल नेटवर्कका विभिन्न च्याप्टरहरु, संस्थात रुपमा हिन्दू बुद्धिस्ट फाउन्डेसन क्यानडा, नेपाल हेरिटेज सोसाइटी अफ बीसी क्यानडा, नेपाली क्यानेडिएन वुमन सोसाइटी अफ बिसी, क्यानडा नेपाल फ्रेण्डसीप एण्ड कल्चर सोसाइटी, फिनल्याण्डका नेपाली सहयोगी र व्यक्तिगत रुपमा प्राप्त सहयोगलाई हेल्प नेपालले भूकम्प प्रभािवत क्षेत्रमा राहत वितरण गरेको हो।

यसैगरी हेल्प नेपालले भूकम्प गएको भोलिपल्ट नै जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिका र रुकुम पश्चिमको सना भेरी गाउँपालिकामा स्थानीय निकायको समन्वयमा खाद्यान्न, त्रिपाल र कम्बल लगायतका राहत सामाग्री वितरण गरेको थियो।

हेल्प नेपालका अनुसार यो पटक हेल्प नेपाल बाहेकका संस्था र व्यक्तिहरुबाट समेत सहयोग प्राप्त भइरहेको छ। यसैक्रमाम फिनल्याण्डमा रहेका नेपालहरुबाट ५६९६५१ रुपैयाँ सहयोग प्राप्त भएको थियो।

सो रकममध्येबाट भूकम्प प्रभावित स्थानहरुमा हेल्प नेपालले राहत वितरण गर्दै आइरहेको छ। राहत वितरणको काम अझै जारी रहने हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले जानकारी दिए।

कात्तिक १७ गते राति जाजरकोट केन्द्र विन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी ठूलो जनधनको क्षति भयो। ६ दशमलव ४ रेक्टरस्केलको भूमम्पमा १ ४२ जनाको मृत्यु भएको थियो भने पाँच सय ५५ बढी घाइते भएका थिए।

सो भूकम्पबाट घरहरुमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।  त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण दीर्घरोगी, सुत्केरी र बालबालिकामा स्वास्थ्य समस्या देखा परेको छ। भूकम्प पीडितको चिसोका कारण ज्यानसमेत गएको छ।

भूकम्पपछि सरकारी तथा गैरसरकारी संघसंस्थाले राहत उपलब्ध गराउँदै अएका छन्। तर प्रयाप्त मात्रामा राहत नपुग्दा भूकम्प पीडितको जीवन कष्टकर बन्दै गएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *