एनआरएनए पेन्सलभेनिया च्याप्टरले रक्तदान कार्यक्रम गर्दै
वाशिङ्टन डिसी । मानव मात्रको कल्याणका निमित्त “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ एनआरएन च्याप्टर पेन्सिलभेनियाले डिसेम्बर १५ का दिन माहम्प्देन टाउनशिप रिक्रियेसन सेन्टरमा वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । आगामी नयाँ वर्षमा सबैमानवहरूले अकालमा मृत्यु हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
आयोजकले कार्यक्रमका बारेमा भनेका छन् “रक्तदान कार्यक्रम कुनै समूह वा संस्थाको मात्र नभएर हामी सबै मानवको साझा कार्यक्रम हो भन्ने हामीले विश्वास लिएका छौं।” आयोजक संस्थाले यो कार्यक्रममा धेरैको सहभागिता रहने अपेक्षा पनि गरेको छ ।
संस्थाले भनेको छ “रक्तदान आफैंमा एक महान कार्य हो। तसर्थ यहाँहरु यस्तो महान कार्यमा उपस्थित भएर जीवनदानको लागि सहभागी भईदिनुहुन आयोजक एनआरएन च्यापटर पेन्सिलभेनिया हार्दिक अनुरोध गर्दछ।”
संस्थाले अगाडि भनेको छ “रक्तदानजस्तो पुनित महादान कार्यक्रममा सहभागी भई अन्य व्यक्ति समाजलाई समेत प्रेरणा गर्ने श्रोत समेत बन्न सक्नुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ।”

No ads found for this position

डिसी नेपाल
Facebook Comment