पासोमा फसेको चितुवाको उद्धार

डिसी नेपाल
१८ मंसिर २०८० २१:३७

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ प्रगति महिला सामुदायिक वनमा शिकारीले बदेल मार्नका लागि थापेको पासोमा परेको चितुवाको १८ घण्टापछि आज उद्धार गरिएको छ । हिजो साँझ चोर शिकारीले थापेको पासोमा चितुवा परेको हो ।

चितुवालाई बेहोस (डार्ट) गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले उद्धार गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए । उद्धार गरिएको चितुवालाई निकुञ्जको सुरक्षित स्थानमा छाडिएको छ । पासोमा फसेको भाले वयस्क अवस्थाको चितुवा रहेको छ ।

गतवर्ष शिकारीले बदेल मार्न थापेको पासोमा परेर यसै क्षेत्रमा दुई वटा चितुवा मृत अवस्थामा फेला परेका थिए । चुरे क्षेत्र नजिकका सामुदायिक वन चितुवाको वासस्थानका रुपमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *