आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव समूह आन्दोलित
काठमाडौं। आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आन्दोलित भएको छ।
काठमाडौं जिल्ला अदालतबाट पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामालगायत नेताका नाममा पक्राउ पुर्जी जारी भएपछि सो पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
आफ्ना नेताविरुद्ध जारी भएको पक्राउ पुर्जीको विरोधमा सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार मंगलबार मसाल जुलुस, बुधबार न्यायाधीशको पुतला दहन र आउँदो बिहीबार देशव्यापी प्रदर्शन गरिने उल्लेख छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment