एनसेलको सेयर बिक्रीका विषयमा सरकारलाई जानकारी छैन : अर्थमन्त्री

डिसी नेपाल
१९ मंसिर २०८० १८:१२

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्री महतले एनसेलको सेयर बिक्रीका विषयमासूचना लिइरहेको र आधिकारिक रुपमा कुनै जानकारी नभएको बताएका हुन् । एनसेलको सेयर बिक्रीले पार्ने असरका बारेमा टेलिकमका पदाधिकारीसंग बुझ्ने काम भइरहेको उनले बताए ।

त्यस्तै उनले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढिरहेको र पूर्ण रुपमा सुधार आउन केहि समय लाग्ने धारणा राखे । सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उनले त्यसको प्रतिफल आउन ढिला भएको बताए ।

त्यस्तै अर्थमन्त्री डा महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *