बैतडीमा एक जना मृत फेला
बैतडी । बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा फेला परेका हुन्।
बोहरा मंगलबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता खेम बिक्रम केसीले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment