सुनचाँदी र नगदसहित एकजना पक्राउ

डिसी नेपाल
१९ मंसिर २०८० २०:४४

काभ्रे । बनेपा नगरपालिका-७ बखुन्डोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुतेलाई बिलबिजक नभएको सुन जस्तो देखिने धातु करिब २० तोला तथा चाँदी १ सय ६२ तोला र स्रोत नखुलेको नगद ५ लाख ७६ हजार १ सय ३५ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा सुन, चाँदी लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उक्त सुन, चाँदी र नगदसहित फेला पारी नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *