चितवनमा महिलालाई यौन व्यवसायमा लगाउने १० एजेन्ट पक्राउ

डिसी नेपाल
२० मंसिर २०८० १९:३७
272
Shares

चितवन । चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका महिला पत्रकारसँगको छलफलमा उक्त कुरा बताएकी हुन्।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/८९ मा यौन व्यवसायमा महिलाहरुलाई संलग्न गराउने पुरुष तीन जना, महिला दुई जना गरी पाँच जना पक्राउ परेका छन् भने गत आर्थिक वर्ष २०७९/८० मा पनि तीन पुरुष र दुई महिला गरी पाँच जना पक्राउ परेका छन्। यस आर्थिक वर्षको कात्तिकसम्म भने मानव बेचबिखनको कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ।

चितवन प्रहरीको तथ्यांक शाखाकी सहायक हवल्दार अन्जु थारुका अनुसार एजेन्टहरुले चितवनका विभिन्न होटलहरूमा यौनव्यवसाय गराएको  आरोपमा पक्राउ परेका हुन्। उनले उनीहरुले चेलीबेटीलाई देह व्यापारको लागि विदेश पठाउने गरेको समेत पाइएको बताइन्। चितवनमा गत वर्ष १८ वर्षमूनिका यौनव्यवसायमा लगाएका चार किशोरी र १८ वर्ष माथिका तीन महिलाको उद्दार गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *