उपसेनानीसहित स्वास्थ्य र इन्जिनियरमा सेनामा खुल्याे जागिर

डिसी नेपाल
२२ मंसिर २०८० ८:२५
76
Shares

काठमाडौं। नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ। भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले बाँकी रहेका रिक्त पदमा आज आवेदन माग गरेको हो।

सेनाका अनुसार प्राविधिक र विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त माग गरिएको हो। सेनाका अनुसार सो पदका लागि योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने छन्।

जसअनुसार आगामी पुस २१ गतेसम्म सो आवेदन दिइसक्नु पर्नेछ। सो समयसिमा भित्र आबेदन दिन नसकेमा वा नभ्याएमा दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *