त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित दुईजना विदेशी पक्राउ

डिसी नेपाल
२४ मंसिर २०८० ९:३२
196
Shares

काठमाडौं। त्रिभुवन विमानस्थलबाट निरन्तर सुन तस्करी भैरहेको छ। शनिबार राति दुवईबाट नेपाल आएका दुुई यात्रु अवैध सुुन ल्याएको आरोपमा पक्राउ परेका छन्। दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट साढे ६ किलोग्राम सुन फेला परेको प्रहरी स्रोतले जनाएको छ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा राति साढे १२ बजे काठमाडौं आइपुगेका इजिप्टका नगारिक सेरिफ मोहम्मद मोहम्मद लाशिनको साथबाट सो परिमाणको तरल सुन फेला परेको बताइएपनि त्यसलाई प्रहरीले बाहिर ल्याएको छैन।

उनले लगाएको भित्री ज्याकेटमा गोजी बनाएर छ वटा प्याकेटमा ती सुन फेला परेको हो। विमानस्थलको भन्सार कार्यालय पार गरेर बाहिर निस्कने क्रममा उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।

ए २४७०८४२३ वाहक इजिप्टका नागरिक सेरिफसँगै पी १०१८४८९७ नम्बरको राहदानी वाहक उनका सुडानी साथी ओस्मानलाई नियन्त्रणमा लिइएको छ। यसअघि २१ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद भएको थियो।

विमानस्थल भन्सार कार्यालयले बिहीबार मध्यरातमा झन्डै १४ किलो सुन बरामद गरेको थियो। विहीबार राति ११ः४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित पक्राउ गरिएको थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *