अर्घाखाँचीमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

डिसी नेपाल
२४ मंसिर २०८० ११:००
28
Shares

अर्घाखाँची। अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

महेन्द्र राजमार्गको शीतगंगा-८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो।

मृत्यु हुनेमा ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए।

उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक रिजालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *