बस चोरी गरेको आरोपमा पोखराका १७ वर्षीय किशोर पक्राउ
पोखरा। पोखराबाट एक किशोरले बस चोरी गरेका छन्। पोखरा(९ पृथ्वीचोकमा पार्किङ गरि राखिएको बस एक जना किशोरले चोरी गरेका हुन्।
शुक्रबार ग१ख ९६३८ नम्बरको बस चोरेर लैजादै गर्दा प्रहरीले ती किशोरलाई चितवनबाट पक्राउ गरेको हो।
बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थालेकोमा चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरिएको हो।
उनको परिचय प्रहरीले गोप्य राखेको छ। उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment