दुई किलो सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ
काठमाडौं। नागढुंगाबाट दुई किलो सुन बरामद प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २७ वर्षीय चेन झिवेई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
मंसिर २१ गते रसुवाबाट काठमाडौं आउँदै गरेको निजी गाडीबाट दुई किलो सुनसहित तीन जना पक्राउ परेपछि चिनियाँ नागरिक चेन भने फरार थिए।
यसअघि पक्राउ परेका तीनै जना रसुवाका स्थानीय हुन्। चिनियाँ नागरिक चेनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment