कवि क्षेत्रीलाई ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’

डिसी नेपाल
२५ मंसिर २०८० ८:०२

काठमाडौं। कवि कृसु क्षेत्रीलाई ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार-२०८०’ प्रदान गरिने भएको छ।

नेपाली कलालाहित्य डट कम प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिॅंदै आएको उक्त पुरस्कारको राशी ७५ हजार रहेको छ। परराष्ट्र मामिलाका जानकार समेत रहेका कवि क्षेत्रीले कवितामार्फत समसामयिक घटना , विश्व परिवेश र मानव जीवनको चित्रण गर्दै आएका छन्।

कविता, गीत, गजल लेखनमा लोकप्रियता हाँसिल गरेका क्षेत्री विलयनवादका प्रबद्र्धक समेत रहेका छन्।

उनका आधा दर्जन कविताका कृति प्रकाशित छन् ।क्षेत्रीका ‘बोधिसत्तवको मृत्युउत्सव’, ‘आगोको मूर्च्छना’ र ‘चराको गीत’ जस्ता कविताकृतिहरु चर्चित छन्। क्षेत्रीले आधा दर्जना साहित्यिक कृतिको सम्पादन समेत गरेका छन्।

२०५७ सालमा राट्रिय कविता महोत्सवमा प्रथम पुरस्कार प्राप्त गरेका क्षेत्रीले मोती पुरस्कार लगायत दुई दर्जन बढी सम्मान एवं पुरस्कार प्राप्त गरेका छन्। यस्तै प्रतिष्ठानले यस वर्षको अमूल्य राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गर्ने भएको छ । यसैगरी, प्रतिष्ठानले एक लाख राशिसहितको राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।

भने ५० हजार राशिसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यपोस्ट अनलाइनका प्रधान सम्पादक, पत्रकार अश्विनी कोइरालालाई प्रदान गर्ने भएको छ।

यस्तै ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई र ५० हजार राशिसहितको पद्यनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार युवा सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसै वर्षको माघ महिनाको अन्त्यतिर यी सम्मान र पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।




प्रतिक्रिया

One thought on “कवि क्षेत्रीलाई ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’

Leave a Reply

Your email address will not be published. Required fields are marked *