महाकाली घाट आजबाट खुल्ने
कन्चनपुर। महाकाली घाट आजबाट खुल्ने भएको छ। कन्चनपुरमा रहेको महाकाली घाटबाट नदिजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता स्विकृत भइसकेकाले आजबाट खुल्ने भएको हो।
काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा घाटको ठेक्का सम्झौता गरेको हो। ठेक्का प्रकृया सकिइसकेकाले आजदेखि महाकाली नदीको घाट खुल्ने भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए।
भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाले संयुक्त रुपमा महाकाली नदीको प्राकृतिक श्रोत नदिजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी) को विक्रि शुल्क संकलन (रोयल्टी) का लागी ठेक्का खोलेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment