कृष्णपुर नगरपालिकामा नि:शुल्क आँखा शिविर सञ्चालन

डिसी नेपाल
१ पुष २०८० १८:००

बर्दिया। कृष्णपुर नगरपालिकाले नि:शुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ।

कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबारदेखि वडा नम्बर १ को कुमगडाबाट नगरउपप्रमुख द्रोपती रानाले नि:शुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन् ।

भौगोलिक हिसाबले नगरको सबैभन्दा विकटमा रहेको कुमगडा,गोजे क्षेत्रबाट आँखा शिविरको शुरुवात गर्न पाउँदा अत्यन्तै खुशी लागेको उपप्रमुख रानाले बताइन्। नगरप्रमुख रानाले यहाँका जनताको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले घरआगनसम्मै शिविर सञ्चालनमा ल्याएको भन्दै सबै नागरीकलाई सेवा लिन आग्रह गरे।

त्यस्तै वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर बस्नेतले वडाका थप दुई ठाउँमा आँखा शिविर सञ्चालन हुने भए पनि नगरप्रमुख हेमराज ओझाले कुमगडा, गोजे क्षेत्रका नागरिकलाई निगाली र दोमिल्लामा आउन जान गाहृो पर्ने भएकोले कुमगडा, गोजेमै सेवा दिन आग्रह गरेकाले सोही अनुसार सेवा दिइने बताए।

आँखा शिविरमा प्राविधिक सहयोग गरिरहेको संस्था धनगढी नेत्रालयका डा. आशिष पाण्डेयले नगरपालिकासँग जोडिएर दूरदराजका नागरिकको सेव गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए। उनले धनगढी नेत्रालयले कुनै रकम नलिएर कृष्णपुर नगरपालिकामा १७ दिनसम्म सेवा गर्ने बताए।

आँखा शिविरमा सेवा लिन आएकी स्थानिय प्रमिला जेठाराले कुमगडा, गोजे क्षेत्रमा आजसम्म यस्ताखाले शिविर कहिल्यै नआएको भन्दै सेवा लिन पाउँदा अन्यन्तै खुशी लागेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *