महाकाली अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए
कञ्चनपुर। महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकको दरबन्दी पूर्ति गरिएपछि बिरामीले सहज रुपमा सेवा पाएका छन्।
अस्पतालमा करारमा चारजना विशेषज्ञ चिकित्सकसहित छजना थपिएपछि सेवाग्राही लाभान्वित भएका हुन्।
अस्पतालका प्रमुख अर्जुन भट्टका अनुसार अस्पतालमा बालरोग विशेषज्ञ, जनरल सर्जन, एनेस्थेसिस्ट, एडिजिपी र दुईजना रेडियोग्राफर थपिएका हुन् ।
अस्पतालमा रेडियोलोजिष्ट एक, एमडीजीपी दुई, स्त्री तथा प्रसूति रोग विशेषज्ञ एक, अर्थोपेडिक सर्जन दुई र नाककानघाँटी विशेषज्ञ एक गरी सातजना चिकित्सक कार्यरत छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment