भूकम्प पीडितको सारथी बन्दै सेभ दि चिल्ड्रेन

डिसी नेपाल
१० पुष २०८० १२:२३

सुर्खेत। कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएका जाजरकोट तथा रुकुम पश्चिमका नागरिकलाई यहाँका संघ संस्थाले भारी सहयोग गरेकोमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले खुसी व्यक्त गरेका छन्।

उनले सेभ सेभ द चिल्ड्रेनको सहकार्यमा पहाडी क्षेत्र विकास अभियानले भारी काम गरेको भन्दै पहाडीलाई शुभकामना समेत दिए।

भूकम्पले क्षति भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिने मन्त्री आचार्यले बताए। भूकम्प पीडितहरुको अबस्था बुझ्न जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन्।

झरी लाग्नु भन्दा पहिलेनै पालमुनी रहेका भूकम्प पीडितहरुलाई अस्थायी आबासमा लिई सक्ने सरकारको लक्ष्य रहेको मन्त्री आचार्यले जानकारी दिए।

भूकम्प गएको ३६ घण्टा भित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरण जस्ता कार्यमा नेपाल सरकारलाई सहयोग गर्दै आएको सेभ द चिल्ड्रेन र सेभ द चिल्ड्रेनसँग साँझेदार स्थानीय संघ-संस्था लगाएतका विभिन्न दातृ निकाय तथा दाताहरुलाई मन्त्री आचार्यले धन्यवाद दिएका छन्।

भूकम्प प्रभावितहरुको पुर्ननिर्माण तथा पुर्नस्थापनासम्मको काममा नेपाल सरकारलाई सहयोग गर्न मन्त्री आचार्यले सम्पूर्ण दातृ निकायलाई अपिल गरेका थिए।

भूकम्प गएको ३६ घण्टा देखि निरन्तर रुपमा स्थानीय संस्थासंगको साँझेदारीमा सेभ द चिल्ड्रेनले भूकम्प पीडितहरुलाई विभिन्न प्रकारका राहत सामग्रीहरु वितरण गर्दै आएको सेभ द चिल्ड्रेनको निमित्त राष्ट्रिय निर्देशक तारा क्षत्रीले जानकारी दिए।

भूकम्प लगाएतका विभिन्न विपदहरुमा सबैभन्दा बढि जोखिममा सुत्केरी र गर्भवति महिला, सुनौला हजार दिनभित्रका बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु रहने क्षतीले जानकारी दिए।

जोखिमा रहेका २ बर्ष मुनीका सुत्केरी, ५ महिना भन्दा माथिका गर्भवति महिला र क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सेभ द चिल्ड्रेनले पहाडी क्षेत्र विकास अभियान लगाएत अन्य निकायको साझेदारीमा नलगाड नगरपालिका-३ र ४, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-११ का ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको जानकारी दिए।

अभियानसँगकै साँझेदारीमा भेरी नगरपालिका-१, ३-४, कुशे गाउँपालिका-७ र रुकुमपश्चिको सानोभेरी गाउँपालिकाका ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको क्षेत्रीले जानकारी दिए। सानीभेरी गाउँपालिकाको १ र ४ मा समेत अभियानले राहत बितरण गरेको थियो।

मन्त्री आचार्यसँगै भूकम्प पीडितहरुको अबस्थालाई बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले राहत वितरण, अस्थायी आबास निर्माणसंगै पुर्ननिर्माणको कामलाई संगसंगै बढाउनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *