पत्रकार उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार
कञ्चनपुर। कञ्चनपुरकी पत्रकार दुर्गा उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। शुक्लाफाँटा सामुदायिक रेडियोले प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष पत्रकार उपाध्यायलाई प्रदान गरिएको हो।
आइतबार शुक्लाफाँटा सामुदायिक रेडियोको १७औं वार्षिकोत्सवको अवसरमा उपाध्यायलाई उक्त पुरस्कार प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अथितिसमेत रहेका परराष्ट्रमन्त्री एनपी साउदले उनलाई माला र खादा ओढाएर सम्मानसहित नगद पुरस्कार प्रदान गरे।
नेपाल टेलिभिजन कञ्चनपुरकी समाचारदाता उपाध्यायले यस क्षेत्रको विकासका क्षेत्रमा कलम चलाएको भन्दै शुक्लाफाँटा रेडियोले नगद ११ हजार एक सय ११ रुपैयाँको उक्त पुरस्कार प्रदान गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment