अमेरिकाबाट नेपाली राशिफल

आजदेखि शुरु भएको इसवीय सम्बत २०२४ को अवसरदेखि डिसी नेपालले अमेरिकामा रहेर ज्योतिष एवं वास्तुसम्बन्धी कार्य निरन्तर गरिरेका ज्योतिष पण्डित शान्तिराम शास्त्रीद्वारा लिखित राशिफल प्रकाशन गर्ने जमर्को गरेको छ।

अमेरिकाको टेक्सासमा स्थायी बसोबास गर्ने पण्डित शास्त्रीले ज्योतिष र वास्तु विद्यामा सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य र शिक्षा र नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। पण्डित शास्त्रीले लेखेका राशिफल अब प्रत्येक १५ दिनमा डिसी नेपालले प्रकाशन गर्ने जानकारी गराइन्छ।

विक्रम सम्वत् २०८० साल पौष १६ गते सोमबाार, तदनुसार इसवीय संवत् २०२४,जनवरी १ तारिख। चान्द्रमासानुसार पौषकृष्णपक्ष षष्ठी तिथि रात्री ०३।०५ बजे सम्म, उप्रान्त पौष पौषकृष्णपक्ष सप्तमी तिथि, पूर्वफाल्गुनी नक्षत्र रात्री १०।३१ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी नक्षत्र, आयुष्मान् योग, वरीयान् करण, चन्द्रमा सिंह राशिमा। सूर्य धनु राशिमा,आज इसवीय संवत् २०२४ आरम्भ, नयाँ वर्ष

जनवरी १ तारिखदेखि १५सम्मको राशिफल

अर्धमासिक राशिफल

मेष राशि :

आकस्मिक यात्रा हुने योग देखिन्छ । अचल सम्पत्तिको कारोवारमा प्रसस्त लाभ हुनेछ। शत्रुहरु बढ्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ। सामाजमा मान प्रतिष्ठा बढ्नेछ। अध्ययन अध्यापन सामान्य रहनेछ। आफन्तको सहयोगबाट काम बन्नेछ। पारिवारिक सम्बन्ध सुखदायक रहनेछ। व्यापार व्यवसायमा सामान्य अल्झन रहे पनि समग्रमा समय राम्रो नै छ।

वृष राशि :

अध्ययन अध्यापनमा प्रगति हुनेछ। वैदेशिक यात्रामा विवाद उत्पन्न हुनेछ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ। मनमा द्विविधा, चञ्चलता र कुविचार बढ्ने हुँदा बोल्दा विचार पुर्‍याउनु होला। सन्ततिको स्वास्थ्य बिग्रन सक्छ। जनवरी १० पछि भाग्योदयको योग रहेको हुँदा गरेका कार्यमा सफलता नै मिल्नेछ।

मिथुन राशि  :

दैनिक कार्यमा साथीभाइको सहयोग प्राप्त हुनेछ। अध्ययन अध्यापनमा सुधार आउनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। मानसिक चञ्चलता बढ्ने छ। आफन्तसँग अनावश्यक विवाद हुन सक्ने देखिन्छ। वैदेशिक यात्रा अवरोधपूर्ण रहला। राजनैतिक तथा न्यायिक क्षेत्रमा सफलता मिल्नेछ।

कर्कट राशि :

दायाँ अंगमा समस्या देखिनेछ। शरीरमा अलस्यता बढ्नेछ। दाजुभाइको सहयोगले व्यापारिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा खर्च बढ्नुका साथै समाजमा मान सम्मान प्राप्त गर्ने अवसर मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधूर रहनेछ। धार्मिक तथा माङ्गलिक कार्य गर्ने अवसर मिल्नेछ।

सिंह राशि :

व्यापार व्यवसायमा वृद्धि हुनेछ। मनमा उत्साह र उमंग बढ्ने छ। दोस्रो बिहीबाारपछि मनमा ग्लानी, चिन्ता बढ्ने देखिन्छ। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। बसाइ सराइ वा जागिरमा पदोन्नतिको योग रहेको छ। राजनीति तथा न्यायिक क्षेत्र प्रभावित रहनेछ। सभा सम्मेलनमा सहभागी भइएला।

कन्या राशि  :

मनमा चञ्चलता बढ्नेछ। विपरित लिंगीप्रतिको आकर्षण बढ्नेछ। व्यापारिक कार्यमा परिवर्तन आउने देखिन्छ। गरेका कार्यबाट अपेक्षाकृत लाभ मिल्नेछ। स्वास्थ्य तथा अध्ययन सन्तोषजनक रहनेछ। पारिवारिक सम्बन्ध सामान्य रहने देखिन्छ। मुहारमा कान्ति बढ्नेछ । अचल सम्पत्ति प्राप्तिको योग रहेको छ।

तुला राशि :

अनावश्यक खर्चमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा अवरोध आउने देखिन्छ। दैनिक कार्यहरु प्रभावित रहलान्। विशिष्टजनको सहयोग मिल्नेछ। अध्ययन अध्यापनमा मन नलागे पनि धार्मिक कार्य गर्ने अवसर मिल्नेछ। पारिवारिक सुख प्राप्त हुनेछ। वैदेशिक यात्रामा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनेछ।

वृश्चिक राशि :

आय आर्जनमा वृद्धि हुनेछ। अनावश्यक खर्चमा नियन्त्रण हुनेछ। दैनिक कार्यमा रुचि नरहे पनि वैदेशिक व्यापारमा प्रसस्त लाभ हुने देखिन्छ। शत्रु सबल देखिए पनि आफन्तजनको सहयोगले गरिएका कार्यहरु सफल हुनेछन्। स्वास्थ्यमा सुधार आउने छ। सन्तानसुख प्राप्त हुनेछ। विद्यार्थीहरुका लागि राम्रो छ।

धनु राशि :

धार्मिक कार्यमा खर्च गरिएला। आफन्तजनसँग बसेर समय बिताउने योग छ। स्वास्थ्यमा सुधार होला। व्यापार व्यवसायमा प्रगति नै हुनेछ। शत्रुपक्षले कार्यमा अवरोध सिर्जना गरे पनि विजय नै हुनेछ। खान पानमा विचार पुर्‍याउनु पर्नेछ। विद्यार्थी वर्गका लागि समय उत्तम रहेको छ।

मकर राशि :

धार्मिक कार्यमा रुचि बढ्नेछ। साहित्य लेखन तथा सभा सम्मेलनमा सहभागिताको अवसर मिल्नेछ। सामाजिक नेतृत्व शक्तिको विकास हुनेछ। दाजुभाइ तथा दिदीबहिनीको सहयोगले महत्वपूर्ण कार्यको थालनी हुनेछ। अध्ययन अध्यापन सामान्य रहनेछ। राजनैतिक यात्रा संघर्षपूर्ण देखिन्छ। पारिवारिक सुख प्राप्ति हुनेछ।

कुम्भ राशि :

पारिवारिक सम्बन्धमा सुधार हुनेछ। साथीभाइको सहयोग पाइने छ। रमाइलो यात्रा गर्ने योग छ। पक्षको उत्तराद्र्धमा स्वास्थ्य समस्या देखा पर्नेछ। पठन पाठनमा समय बित्नेछ। शत्रु सबल देखिनेछन्। गरेका कार्यबाट जस भन्दा अपजस बढी पाइएला। मनोरञ्जन तथा विलासिताका वस्तु खरिद गरिएला। व्यापार व्यवसायमा सफलता नै मिल्नेछ।

मीन राशि :

शारीरिक स्फूर्ति बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। न्यायिक विवाद आफ्नो पक्षमा रहनेछ। समाजमा यश कीर्ति तथा मान सम्मान प्राप्त गरिएला । धार्मिक यात्रा तथा सभा सम्मेलनमा खर्च बढ्नेछ। अध्ययन अध्यापनमा राम्रो छ। पक्षको उत्तरार्धमा सन्तानको सहयोग भने नपाइएला।

(ज्योतिष पण्डित शान्तिराम शास्त्री, फोन नं ९७२५१४९०६४ टेक्सास अमेरिका, इमेल-koiralashantiram@gmail.com)

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *