अमेरिकाको डिसी महानगर क्षेत्रमा गायक सज्जन राज वैद्यले प्रस्तुती दिने

डिसी नेपाल
२० पुष २०८० ६:४८

अमेरिका। अमेरिकामा गायक सज्जन राज वैद्यले प्रस्तुती दिने भएका छन।

अमेरिकाको डिसी महानगर क्षेत्रमा गायक वैद्यले प्रस्तुती दिने भएका हुन्। नयाँ वर्ष २०२४ को सुरुवातसँगै जनवरी ६ शनिबार डिसी महानगर क्षेत्रको मेरिल्याण्डको सिल्भर स्प्रिंगमा सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।

गायक सज्जन राज वैद्यको एकल कार्यक्रमको आयोजना ई-पिक तथा एवरेस्ट इन्टरटेन्टमेन्टले आयोजना गर्ने भएको हो। आयोजकका तर्फबाट अभिजित राईले दिएको जानकारी अनुसार कार्यक्रम सुरु हुनु अगाडिनै उनको आधा भन्दा ज्यादा टिकट बिक्री भइसकेको छ।

डिसी महानगर क्षेत्रका संगीतप्रेमी र गायक वैद्यलाई मन पराउने प्रशंसकलाई अग्रिम टिकट लिन आह्वान गरेका छन्। गायक वैद्यको यो अमेरिकामा पहिलो प्रस्तुति हो भने अमेरिकामा ठमेल न्यूयोर्क नामक संस्थाले उनलाई अमेरिका बिभिन्न राज्यहरुमा हुने भ्रमणमा ल्याएको हो।

डिसी क्षेत्रको सिल्भर स्प्रिंगमा हुने कार्यक्रमको मुख्य शीर्षकका मुख्य प्रायोजक रियल्टर बिशाल कार्की हुन्। अहिलेसम्म डिसी क्षेत्रमा सम्पन्न भएका सबै कार्यक्रम मध्ये सज्जन राज वैद्यको कार्यक्रम उच्च राशीको भएको बताइएको छ।

सिल्भर स्प्रिंग मेरिल्याण्ड स्थित फिलमोर सिल्भर स्प्रिंगमा आयोजना हुने उक्त कार्यक्रमस्थलको क्षमता दुई हजार रहेको छ। सज्जन राज बैद्यलाई स्पोटीफाइमा २०२३ को सर्वाधिक लोकप्रिय कलाकारको सूचीमा शीर्ष स्थानमा रहेको देखाएको छ।

यस कार्यक्रमका लागि टिकट मास्टर डटकम मार्फत लिन सकिने छ भने टिकट दर १०३ डलर तथा भिआईपीलाई १४५ डलर राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *