पशुपतिको आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न नपाइने सूचनाप्रति कोषको आपत्ति
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप प्रज्ज्वलनको भिडियो खिच्न सख्त मनाही र कारबाही गर्ने सूचनाप्रति आपत्ति रहेको जनाएको छ ।
शुक्रबार अत्यन्त जरुरी सूचना भन्दै कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जारी गरेको सूचनामा भनिएको छ :
बुढासुब्बा डिजिटल प्रा. लि. ले यस श्रीपशुपतिनाथ आर्यघाट क्षेत्रको वागमति नदी किनारमा हुने गंगा आरति र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउँदछौं भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएको प्रति कोषको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशित प्रति कोषको कुनैपनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment