बालकुमारी घटनामा ज्यान गुमाएका सुजनको परिवारलाई गाउँपालिकाले दियो ५० हजार
दैलेख । बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावतको परिवारलाई दैलेखको महाबु गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ। पालिकावासीको पीडामा आर्थिक सहयोग गरेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मञ्जुकुमारी पाण्डेले बताइन्।
सुजनको परिवारलाई यसअघि सङ्घ सरकारले १० लाख र प्रदेश सरकारले दुई लाख रुपैयाँ राहत सहयोग प्रदान गर्ने निर्णय गरेको थियो।
गएको पुस १३ गते ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुदन र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो। मृतकका परिवार र सरकार पक्षबीच पुस १७ गते चार बुँदे सहमति भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment