एनएलजी इन्स्याेरेन्सले ५.७८ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं। एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश दिने घोषणा गरेको छ।
यस कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको छ।
आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई उक्त लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment