अमेरिकामा घर किन्दै हुनुहुन्छ?

अमेरिकाबाट नेपाली राशिफल

घर, पसल वा कुनै भूमि किन्दै हुनुहुन्छ, वा व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ भने व्यवसाय, प्रयोग, राशि, दिशाका आधारमा स्थानको छनौट गर्नु पर्दछ। खरिद गरिसक्नु भएको छ र सोचेअनुरुप भइरहेको छैन भने वास्तुशास्त्रअनुसारको केही विचार गरी सामान्य प्रयासबाट लाभ मिल्नसक्छ।

आवासको लागि घर खरिद गर्नु हँुदैछ वा खरिद गरिसक्नु भएको भए घरको मूलढोका, बाटो, खालीजमिन, रुख, पानीको स्रोत, मूल व्यक्तिको शयन कक्ष, सिरान, बालबच्चाको शयन कक्ष, पाकशाला, भोजन कक्ष, बैठक जस्ता कुरामा ध्यान दिनु पर्दछ।

आवासको लागि मूलद्वार पूर्व वा उत्तरमा राम्रो हुन्छ, कार्यका आधारमा पश्चिममा मध्यम रहन्छ भने दक्षिणमा सामान्य रहन्छ। खाली जग्गाको हकमा दक्षिणमा भन्दा उत्तरमा र पश्चिममा भन्दा पूर्वमा उत्तम मानिन्छ। रुखहरु उत्तरमा भन्दा दक्षिणमा र पूर्वमा भन्दा पश्चिममा राम्रो हुन्छ।

पानीको धाराहरु पूर्वदक्षिणमा भन्दा वायव्यकोणमा र पश्चिमदक्षिणमा भन्दा इशानकोणमा उत्तम हुन्छ,जो पूर्वोत्तरकोण हो। मूल व्यक्तिको शयनकक्ष नैऋत्यकोणमा उत्तम, पश्चिममा मध्यम, वायव्यकोणमा सामान्य र आग्नेयकोणमा अधम मानिन्छ।

सिरान पनि पूर्वमा उत्तम,दक्षिणमा मध्यम,पश्चिममा सामान्य र उत्तरमा अधम मानिन्छ। दोषनिवारणका वास्तुशास्त्रीय उपायहरु पनि शास्त्रहरुमा प्रशस्त छन्, अन्य वास्तुका विषयहरु जिज्ञासा भएमा क्रमशः पस्कदै जानेछु। सबैको जय होस,शुभ होस्।

जनवरी १६ देखि ३१ तारिकसम्मको राशिफल

मासार्ध राशिफल :

मेष राशि :

साहित्यिक रचना तथा खगोलीय अन्वेषणमा रुचि बढ्नेछ। पारिवारिक दाम्पत्य जीवन सुखमय रहनेछ । शत्रुहरु बढ्ने योग छ। अध्ययन अध्यापन र व्यापार व्यवसायमा सुधार आउने देखिन्छ। कस्मेटिक सामाग्रीको आयत निर्यातमा अल्झन आउनेछ। स्वास्थ्य सामान्य रहनेछ। वैदेशिक यात्रामा लाभ नमिल्ला । चौपायाको व्यवसायबाट प्रसस्त लाभ मिल्ने देखिन्छ।

वृष राशि :

ससुरालीबाट कष्ट आइलाग्ला। शारिरिक अङ्गको विकारले गरेका कार्यहरुमा समस्या थपिएला। अध्ययन अध्यापनमा प्रतिकूल अवस्था रहला। मनमा ग्लानी र चिन्ता बढ्ने देखिन्छ। वौद्धिक शत्रुहरु बढे पनि विजय तपाइको हुने हुँदा समाजमा प्रतिष्ठा बढ्नेछ। सवारी साधन चलाउँदा विचार पु¥याउनु पर्नेछ। नयाँ जागिरको सम्भावना रहेको छ।

मिथुन राशि :

विवाह तथा दाम्पत्य जीवन द्वन्द्वमय रहने देखिन्छ। युद्धक्षेत्रका व्यक्तिका लागि लाभदायक देखिन्छ। अध्ययन अध्यापनमा रुचि बढे पनि प्रेम प्रसंगमा निराशा बढ्नेछ। दायाँ हात कान सम्बन्धी समस्याले सताउन सक्नेछ। वाणीमा मधुरता थपिनेछ। आय आर्जनमा वृद्धि भए पनि आफन्तजनको भरण पोषणमा खर्च बढ्नेछ।

कर्कट राशि :

शत्रुहरु बढ्नेछन्। क्रूर कर्ममा तत्पर हुने हुँदा अनावश्यक झन्झटमा फसिएला। अनावश्यक यात्राले गर्दा चिन्ता बढ्ला। चोटपटकको योग छ। भूमि भवन र वाहन प्राप्तिको योगलाई नकार्न सकित्र। आय आर्जनमा वृद्धि भए पनि सन्तानको स्वास्थ्यका लागि खर्च बढ्ने देखिन्छ। धार्मिक कार्यमा रुचि घटेर जाला।

सिंह राशि :

सरकारबाट मान सम्मान पद प्रतिष्ठा प्राप्तिको योग देखिन्छ। अध्ययन अध्यपानमा रुचि जाने छ। सन्तान प्राप्तिको योग पनि छ। भाइ बहिनीहरुको जागिरका लागि दौडधूप गर्नु पर्ला। व्यक्तित्व विकासमा भने निरन्तर लागि पर्ने हुँदा सफलता प्राप्त हुनेछ। आय आर्जनमा वृद्धि भई नयाँ औद्योगिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्ने देखिन्छ। भाग्योदयको योग छ।

कन्या राशि:

पारम्परिक संस्कार संस्कृति र भेषभूषा प्रति अरुचि बढ्ला। वैदेशिक व्यापारमा अवरोध देखा पर्नेछ। फलाम सिमेन्ट जस्ता निर्माणका सामग्रीको आयात निर्यातमा लाभ प्राप्त हुनेछ। रोमान्टिक यात्रा हुने हुँदा खर्चमा वृद्धि होला। अध्ययन अध्यापनमा सामान्य रहने हुँदा पुरस्कार प्राप्तिमा अल्झन देखा पर्नेछ।

तुला राशि : 

अचल सम्पत्तिको प्राप्तिले मनमा उत्साह बढ्ने देखिन्छ। आय आर्जनमा वृद्धि हुने हुँदा कर्म प्रतिको निष्ठा बढ्नेछ। धार्मिक कार्यमा सफलता पाइने छ। सामाजिक पद प्रतिष्ठा मान सम्मान प्राप्त हुने देखिन्छ। सन्तान तथा दाजुभाइबाट अपेक्षाकृत सहयोग प्राप्त हुने देखिन्छ। वात्सल्यता भाव बढ्ने छ। दान दातव्य तथा परोपकारमूलक कार्यमा समय व्यतित हुनेछ।

वृश्चिक राशि :

रत्न आभूषण खरिद बिक्रीमा लाभ हुने देखिन्छ। मनमा स्थिरता, कार्यमा धैर्यता बढ्ने हुँदा व्यापारिक कार्य सफल हुने देखिन्छ। अग्रज प्रतिको मान सम्मान र आदर भावले समाजमा तपाइको कदर हुनेछ। निद्रा तथा आलस्यता बढ्ने छ। कार्यमा अवरोध आउला। पारिवारिक सुख प्राप्तिको योग देखिन्छ।

धनु राशि :

मानसिक तनावले मुहारमा मलिनता, कार्यमा मन्दता, स्वास्थ्यमा शिथिलता आउला। वैवाहिक सम्बन्धमा द्वन्द्वात्मक अवस्था आउने योग छ। धार्मिक कार्र्य प्रतिको रुचिले मानसिक शान्ति मिल्ला। वैदेशिक व्यापारमा अनावश्यक झन्झट व्यहोर्नु पर्ला। सन्ततिका कारणले छर छिमेकमा विवाद तथा झगडा हुने देखिन्छ।

मकर राशि :

व्यापार व्यवसायमा अवरोध सिर्जना हुनेछ। पर व्यक्तिसँगको वासनात्मक सम्पर्कले घरायसी द्वन्द्व सिर्जना होला। लक्ष्य प्राप्तिमा विपरित लिंगीको कारणले अवरोध आउने देखिन्छ। यात्रामा अनेकौं आपद विपदको सामना गर्नु पर्ला। शत्रुहरु बढ्नेछन्। आफन्तको सहयोगले महत्वपूर्ण कार्यका थालनी होला।

कुम्भ राशि :

आय आर्जनमा वृद्धि हुनेछ। वैदेशिक रोजगारमा सफलता प्राप्त हुनेछ। धार्मिक कार्य प्रति झुकाव बढ्नेछ। व्यवसायिक साझेदारीमा सफलता प्राप्त हुनेछ। गुप्तधन हराउने वा नष्ट हुने योग छ। आन्तरिक शरीरावयवमा पीडा हुने हुँदा आलस्यताले सताउला। वाणीमा भने मधुरता आउने छ । अध्यापन कार्यमा सफलता मिल्नेछ।

मीन राशि :

पद प्रतिष्ठाको प्राप्ति हुने हुँदा शत्रुजनहरुको इष्र्या बढ्ने देखिन्छ। साहित्य संगीत तर्फको रुचि घटेको अनुभव हुनेछ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुने छ। जागिरको अन्तर्वार्ता तथा परीक्षामा भने अवरोध आउला। वैदेशिक यात्रामा सामान्य छ। स्वदेशी राष्ट्र सेवा प्रति तत्परता बढ्नेछ। मनमा हर्ष र विस्मातको द्वन्द्वले सताउनेछ।

(ज्योतिष पण्डित शान्तिराम शास्त्री, फोन नं ९७२५१४९०६४ टेक्सास अमेरिका, इमेल-koiralashantiram@gmail.com)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *