राजनीतिक दलहरू पछि लागेर अभिनेता प्रकाश राजलाई तनाव
काठमाडौं ।अभिनेता प्रकाश राजले सन् २०२४ को निर्वाचनमा आफूलाई तीन राजनीतिक दलले आफ्नो उम्मेदवार बनाउन चाहेको बताएका छन् । यो आफ्नो विचारधाराका कारण नभई आफू प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले भएको उनको भनाइ छ ।
प्रकाश राजले शनिबार केरला लिटरेचर फेस्टिभलको एक सत्रलाई सम्बोधन गर्दै थिए। “म यो जालमा पर्न चाहन्न,” उनले भने।
‘कञ्चीवरम’, ‘सिंघम’ र ‘वान्टेड’ जस्ता फिल्ममा आफ्नो कामका लागि चर्चित प्रकाश राजले सन् २०१९ को लोकसभा चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका थिए। तर चुनाव हारे ।
उनले भने, ‘अहिले चुनाव आउँदा तीन राजनीतिक दल मेरो पछि लागेका छन् । मैले मेरो फोन बन्द गरेको छु किनकि म यो जालमा पर्न चाहन्न। उनीहरू जनताका लागि आउँदैनन् । मेरो विचारधाराका लागि पनि आउँदैनन् । म मोदीको आलोचक हुँ भनेर मात्रै उनीहरूलेले यस्तो भनेका हुन् ।’
उनले भने ‘आज राजनीतिक दलले आफ्नो आवाज गुमाएका छन्, त्यसमा कुनै सत्यता बाँकी छैन, यही कारणले आज धेरैजसो दलहरु उम्मेदवार खोज्न संघर्ष गरिरहेका छन् ।’
प्रकाश राजले भने, “म उहाँ (मोदी) लाई घृणा गर्दिन। के उहाँ मेरो ससुरा हो वा मेरो उहाँसँग सम्पत्तिको विषयमा विवाद छ ? म यति मात्र भन्छु कि म करदाता हुँ । तपाइँको तलब म तिर्दै छु र तपाइँहरू मलाई नोकर जस्तै व्यवहार गर्दै हुनुहुन्छ । तर अब काम लाग्दैन । म उनीहरूलाई आफ्नो काम गर्न भन्छु।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment