ब्रुनाईका राजकुमारले गरे सर्वसाधारण युवतीसँग विवाह, १७८८ कोठासहितको आलिशान दरबारमा उत्सव

डिसी नेपाल
१ माघ २०८० १४:५९
2.4k
Shares

काठमाडौं । एसियाकै सबैभन्दा योग्य ब्याचलर मानिने ब्रुनाईका राजकुमार अब्दुल मतिनले विवाह गरेका छन् । उनले देशको राजधानी बन्दर सेरी बेगवानको सुनको गुम्बज भएको सुल्तान ओमर अली सैफुद्दीन मस्जिदमा गैर-शाही परिवारकी एक साधारण केटीसँग विवाह गरे।

भव्य विवाह समारोह १० दिनसम्म चल्ने तय भएको छ र बिहीबार विवाहपछि भव्य समारोहको आयोजना गरिएको थियो जसमा राजकुमार मतीनको साधारण युवतीसँगको विवाहलाई वैधानिक घोषणा गरिएको थियो ।

३२ वर्षीय राजकुमार मतीनले २९ वर्षीया अनिशा रोसाना इसा कालेबिकसँग विवाह गरेका छन् । दुवैको विवाह १६ जनवरीमा सम्पन्न हुनेछ ।

राजकुमार मतीन एक उत्कृष्ट पोलो खेलाडी हुन्। उनी तालिमप्राप्त हेलिकप्टर पाइलट पनि हुन् । केटीहरूमाझ उनको लोकप्रियता निकै उच्च छ र इन्स्टाग्राममा उनका २५ लाख फलोअर्स छन् । ब्रुनाईको शाही परिवार संसारको सबैभन्दा धनी शाही परिवार मध्ये एक हो।

ब्रुनाईको शाही परिवारको कुल सम्पत्ति करिब २८ अर्ब डलर छ। राजकुमार मतीनका बुबा सुल्तान हसनल बोल्कियाहको शाही परिवार संसारको सबैभन्दा धनी शाही परिवारमध्ये एक हो।

राजपरिवारमा राजकुमार मतीनभन्दा ६ जना ठूला व्यक्तिहरू छन् जो राजगद्दीको दावेदार छन्, त्यसैले बुबापछि उनी राजा बन्ने सम्भावना निकै कम छ । तर उनको ड्यासिङ लुक्सका कारण उनी सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् र त्यसैले उनी परिवारको सबैभन्दा हाई प्रोफाइल व्यक्ति बनेका छन् ।

मतीनकी श्रीमती इसा-कालेबिककी नातिनी हुन्, जो सुल्तानका विशेष सल्लाहकार र रोयल ब्रुनाई एयरलाइन्सका संस्थापक अध्यक्ष हुन्। इसा-कालेबिक कथित रूपमा सिल्क कलेक्टिव नामक फेसन ब्रान्ड चलाउँछन्।

राजकुमार मतीन र इसा कालेबिकले वर्षौंदेखि डेटिङ गरेका थिए । दुवैले गत वर्ष अक्टोबरमा आफ्नो इन्गेजमेन्टको घोषणा गरेका थिए ।

राजकुमार मतीनको विवाह १ हजार ७ सय ८८ कोठा भएको आलिशान दरबारमा हुँदैछ । आइतबार पनि विशाल जुलुस निकालिएको थियो जसमा सर्वसाधारणले राजकुमार र राजकुमारीलाई शुभकामना व्यक्त गरेका थिए । यो बिहेमा शाही परिवारका मानिसहरु र विश्वका ठूला नेताहरु सहभागी हुने विश्वास गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *