यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य

डिसी नेपाल
३ माघ २०८० ८:४७
76
Shares

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २००, कालो अंगुर ३००, केरा १३०, अनार २८०, किवी ३००, आभोकाडो २५०, अमला ७० र अम्बा १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १८, अदुवा १५०, रातो आलु ३६, रातो भारतिय आलु ३० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ४०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लौका ६०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ५०, राजमा घिउ सिमी ७० र हरियो फर्सी लाम्चो ४० हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४०, रायो साग ५०, चमसूर, पालूगो, मेथी, सौफको साग ११० रुपैयाँमा र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ११० र पुदीना ३२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा र लाम्चो भान्टा ४० र हरियो धनिया १२० रुपैयाँ पाइने समितले जनाएको छ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *